पोखरामा सवारी दुर्घटनाः ६ महिनामा २३ को मृत्यु, ५७ घाइते

पाेखरा | फागुन १५, २०७९

पोखरामा सवारी दुर्घटनाः ६ महिनामा २३ को मृत्यु, ५७ घाइते

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा सवारी दुर्घटनामा ज्यान गुमाउने संंख्या २३ जना रहेको जानकारी दिएको छ ।

 
कास्की प्रहरीले अर्धवार्षिक कार्यविवरण सार्जनजिक गर्र्दा सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या २३ जना रहेको प्रहरी निरीक्षक राम तिमिल्सिनाले जानकारी दिए । 


उनका अनुसार कास्कीमा ६ श्रावण महिनादेखि यता ६४ जना सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार ३८ हजार ४ सय २२ वटा सवारी कारवाही गर्दा ३ करोड ३० लाख ७५ हजार राजश्व संकलन भएको छ । 


पोखरामा २९ केजी गाँजा प्रहरीको नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा जिल्लाको विभिन्न स्थानबाट २९ केजी बढी गाँजा लागूऔषध नियन्त्रणमा लिएको छ । 


प्रहरीले चालु आर्थिक वर्षको श्रावण महिना देखि यता जिल्लाको विभिन्न स्थानबाट लागूऔषध नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । 


कास्की प्रहरीका अनुसार गाँजा २९ केजी ९ सय ९७ ग्राम, चरेश ३ केजी ३ सय ग्राम, ब्राउन सुगर २०.०७ ग्राम, डाईजापाम, फेनेरागमन नुर्फिन ३ हजार ७ सय ९७ एम्पुल, नाईट्रोभ्याट, ट्रामाडोल ३१ चक्की र ६९ स्थानमा गाँजा फडानी गर्दा ५० हजार बोट नष्ट गरेको हो । 


कास्कीले प्रहरीले पछिल्लो ६ महिनामा जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थको  अवैध उत्खनन् गर्ने ६२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा कारवाहीका लागि पठाएको जनाएको छ । 


पछिल्लो ६ महिनामा यता १२ वटा ट्याक्टर, ४३ वटा टिप्पर, १ वटा ट्रक, ३ वटा स्क्याभेटर, ३ वटा जेसिबी गरी ६२ वटा सवारीलाई सम्बन्धित स्थानीय तहलाई कारवाही लागि पठाएको हो । 


६२ वटा सवारीबाट ८ लाख २२ हजार ६ सय ८० राजश्व संकलन गरेको कास्की प्रहरीले जनाएको छ । 


यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले २० जना प्रहरीलाई कारवाही गरेको छ । 


पछिल्लो ६ महिना यता कास्कीमा २० जना प्रहरी कारवाहीमा पर्दा ८५ जना प्रहरी भन सम्मानित भएको कास्की प्रहरीले जनाएको छ । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्